जिवनलाई नजिकबाट छुन सकिन
वचेको धमिलो आशा लिएर
लडिरहेछु म प्रश्नको टाँकुरासँग
अल्मलिन्छु त्यसको उत्तरसँग
दिनको उज्यालो भिडहरु जम्मा हुन्छन
म भिडको लहरमा उभिन्छु
रातको अध्यारोमा सबै कुराहरु ओभेल पर्छन
डराउन थाल्छु म आफ्नै छाँयासँग
साँस फेरीरहेको हावासँग
सधै सुम्सुम्याउने मायासँग
भएबाट मुक्त भएको जिवन खोज्न
कोठाबाट म बाहिर निस्कन्छु
फेरी मिसिन्छु भिडहरुको लहरमा
फर्किन्छु फर्किन्न
ए... साथी मलाई आकाशको पँक्षी जस्तै बाँच्न मन लागेको छ।
1 comment:
good i like
Post a Comment