ओखलढुंगा नेपालको एक जिल्लाको नाम हो। यो जिल्ला नेपालको पूर्वाञ्चलमा पर्दछ।
प्रभाव
कवि सिद्धिचरण श्रेष्ठले आफ्नो प्रसिद्ध कविता "मेरो प्यारो वखलढुंगा" यही जिल्लाको नामबाट श्रृजना गरेका हुन्।
जिल्लाको नामाकरण
महाभारत कालमा भीमले यहाँ रहेको ओखल जस्तो गहिरो खोपिल्टो ढुंगामा मुसलको सहायताले धान कुटी खाएकाले यहाँको नाम ओखलढुंगा रहेको जनविश्वास छ ।
मल्लकालीन समयमा राजा लक्ष्मीनरिसंह मल्लले राज्य विस्तारको क्रममा काजी भीम मल्ललाई यस भेगमा पठाएका र उनको फौजले किराँतहरुलाई लखेटी लुटेको धान यहाँको ठूलो ढुंगाको ओखलमा कुटी खाएकाले त्यही ढुगाको ओखलको नामले यस ठाउँको नाम ओखलढुगा रहन गएको हो भन्ने जनश्रुति पाईन्छ । उक्त ढुगाको ओखल हालको ओखलढुंगा जिल्ला अन्तर्गत ओखलढुंगा गा.वि.स. वडा नं. ६ मा सिध्दिचरण पार्क संगै जो सुकैले अवलोकन गर्न सक्ने गरी सुरक्षित रुपमा राखिएको छ ।
जिल्लाको ईतिहास
यस भूमिमा अभिरवंशी गोपालवंशी एवं किराँतवंशीले राज्य गरेको पाईन्छ । वाल्लो किराँत भनिने यस क्षेत्रमा किराँतीलाई लखेटी मल्लहरुले शासन गरेको कुरा इतिहासमा उल्लेख छ । श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहको एकीकरण अभियान पछि भीमसेन थापाको प्रशासनिक विभाजन अन्तर्गत ३९ जिल्लामध्ये पूर्व ३ नं. ओखलढुगाको नामले यस जिल्लाको जन्म भएको हो । वि.सं. २०१८ सालको प्रशासनिक विभाजन पूर्व हालका सोलुखुम्बु ओखलढुगा र खोटाङ्ग जिल्लाहरु पूर्व ३ नं. ओखलढुगामा पर्दथे ।
प्रमुख नदी नालाहरु ओखलढुङ्गांमा पाइने नदी नालाहरु प्रकृतिका वरदान नै हुन। किनकी त्यहाबाट जलबिद्युत उत्पादन गर्नेसकिन्छ, माछापालनदेखि याटिक्गं पनि गराउन सकिन्छ, दुधकोसी, सुनमकोसी, लिखु, मोलुगं, ठोटने, लिस्ने, सेर्ना, बागें खोला खानी खोला, ढाड खोला, पंखु खाला, एलुगं खोला, लिम्फु खोला, साल्पु खोला डुडे, जुगे चोक्टि मंगला, आधेरी, पाताले, सप्ली र खार्ने, ओखलढुङ्गांका चर्चित खोला तथा नदी हुन्। यहाका नदी खोलाबाट ठूलो मात्रामा नभएर पनि लघुजलविद्युत निकाल्न सक्ने प्रचुर संभावना छ। लिखु दुधकोसी र सुनकोसीबाट त सयौ मेगावटको विद्युत उत्पादन गर्न सकिन्छ। एउटा नदि वा खोलाबाट मात्र होइन दर्जनौ जलविद्युत सञ्चालन गरी विद्युत उत्पादन गरेको खण्डमा ओखलढुङ्गांबाट उत्पादित विद्युतले सिंगों नेपाललाई झलमल्ल पार्न सक्छ। त्यसबेला ओखलढुङ्गां जिल्लाको परिचय नै नेपालको लागि विश्वमा काफी हुन सक्छ।
साभार
जिल्ला विकास समिति, ओखलढुंगा
रोदन के. शी. - श्री चउर
