Monday, July 12, 2010

प्रेम पत्र

प्रिय,
अविरल सम्झना,चोखो अनि पवित्र प्रेमको लाखौ लाख मायाका उपहारहरु! मिठो माया केवल तिमीलाई!! केवल तिमीलाई!!!
यहा म मानसिक रुपमा अस्वस्थ रहे पनि शाररिक रुपमा सञ्चै छु,त्यहा तिमी र सह-परिबारमा आरम रहि कुशलताको कामना,
खै ‘…………. ’ काहा बाट सुरु गरौ यी हृदयका कथा ब्यथाहरु,समय र परिस्थितीले हामीलाई नदिका दुई किनारा बनाईदिएको छ, चैत्र बैशाखको उजाड कंगाल मरुभुमीको आंधी आई मेरा सारा सपनाहरु उडाई दिएको छ सिर्फ भबिष्यको खोजतलास गर्दै जांदा।खुसीका समस्त अध्ययहरु मरुभुमीको संघर्षमय वातामरणमा निरासिएर हराएको छ।जिन्दगी भनेको यस्तै रहेछ कहिले तड्पीनु पर्ने कसैको वियोगमा त कहिले निर्धक्क भएर मन वुझाई समय पार गर्नुपर्ने। म जुन परिस्थितीमा संघर्षरत भएपनि म हिजोका दिनहरुमा जस्तै निरन्तर तिमीलाई प्रेम गरिरहेको छु। यी मेरो असफल यात्राको क्रममा आधा यात्रा पार गरिसकेको छु,पूर्ण विश्बास छ अवश्य एक दिन गन्तब्यमा पुग्ने छ।मैले निर्धक्क संग सोचेको छु कि मेरो यात्रालाई गन्तब्य पुय्राउनको लागी अवश्य पनि तिम्रो साथ हरपल संगसंगै हुनेछ।

प्रिय ..... खै के भनौ आफू असाह्य गरीब भएर रहनुको औचित्य तथा दोष कसलाई दिनु आफ्नो भाग्य नै असुलभ छ आखिर जे भएपनि जिवनलाई डोय़ाउन सिक्नु पर्ने रहेछ। मन त थिएन गाउ-समाज,परिवार र तिमीलाई छोडेर क्षितिज पारीको देशमा पलाएन हुन तर विवश समय संगै कदम उठाउन बाध्य भए। ठिकै छ,म धन्य रहेछु हे भगवान,यस धर्तीमा म जस्ता असाह्यलाई जन्माउनुमा तिम्रो ठुलो भुमिका छ म यसैमा सन्तोष छु।
पृथ्वीको ढुङ्गा माटो सधै पहिरोमा परि नै रहन्छ!!
हांसो र आशुंको जिवन मिलन विछोड भई नै रहन्छ!!!
जब-जब म कल्पनाको संसारमा डुब्छु तव कति मिठो सपनामा रमाएर मात्रै खुशी हुनुपर्ने खै यो कस्तो जिन्दगी? बिना मोलको यो आंशु वगिदिन्छ खाली रातमा,जिन्दगी मिलन अधुरो रह्यो आफै हारेको त्यो सानो संसारलाई भत्काउन खोज्छु सपनाको महल, हिम्मत कहिलै आउदैन,जहा गएपनि यस्तै रहेछ दुःखिया दुःख,शितल बस्ने छहारीको पातविनाको रुख जस्तै सिरिङ्ग वनि उभिन वाध्य किन भयो यो मेरो जिन्दगी।

प्रिय.......... हाम्रो यात्रा यहासम्म आईपुगेर पनि हामी किन यतिसम्म कि एक आपसमा कसैले आफ्नो समस्या कमाधन गर्न सकिएन यसैमा म अचम्म मानिरहेको छु।आज म हरपल त्यो दिन सम्झन्छु जुन दिन सम्झदा कहिले हांसो पनि उठ्छ कहिले दुःख पनि लाग्छ मात्र तिमीले भनेको ति कुराहरु आज पनि ताजा बनि बसिरहेका छन्।
बाटो कुर्दै देउरालीमा सांझ नपार्नु है
ढिलो चाडो फर्की आउला माया नमार्नु है...।
हर दिन साँझ,विहान यही गित सुनिरहन्छु, यस गितले आज कति धेरै मार्मिक र भावुकतामा मलिन हुन वाध्यता,व्यतित र ब्याकुल बनाईदिएको छ। प्रिय प्रेममा यस्तै हुदोरहेछ। यस प्रेममा कसैको गालि र श्राप पछि आशिर्बाद पाउन सफल पनि हुनु यही प्रेम, आज तिमीसंग एउटा हृदयको कुरा प्रस्तुत गर्न चाहन्छु एउटा निस्चल पवित्र प्रेमको कसम चाहे तिमी रिसाऊ या नरिसाऊ म केहि भन्दिन। सकेसम्म तिमी नरिसाउनु नै उत्तम हुनेछ र त्यसैमा तिम्रो भलो र उज्वल अनि सुखी जिवन भबिष्य पनि हुनेछ।
प्रिय........... तिमी एउटा शिक्षित ब्यक्ति हौ जुन तिमीसंग सम्पूर्ण कुरा जस्तै धन-सम्पती, योग्यता सुन्दरता मात्र नभई दुनियाको सम्पूर्ण क्षेत्रमा तिमी भरिपूर्ण छौ।म एउटा गरिब परिवारको छोरा हुं ताकी म संग केही पनि छैन मात्र मन छ,यही मन मात्र, भएर जिवन निर्वाह यानि जिन्दगी जिउन कठिन छ मलाई यही कुराले चिन्ता वढिरहेछ कतै हाम्रो प्रेमको यति लामो सम्बन्ध यहि कारणले विच बाटैमा अलपत्र पर्ने पो हो कि? कुनै वैरीको धरापले यदि हाम्रो यति घनिष्ट र गहिरो प्रेम सम्बन्ध टुट्न पुग्यो भने यस दुनियामा कुन रुपमा जिउनु पर्ने छ ? त्यो हो ”जिउदो लाश…..” । म कल्पना पनि गर्छु हर समयमा हामी त्यतिका दिन पछाडी भेट हुदा पनि किन कुनै निर्णय लिन सकिनौं ?
ह्बस्त, यी मेरा दिलरुपि शब्दहरु यहि बन्द गर्न चाहन्छु,थोरै शब्दमा पनि धेरै गल्ती भयो होला त्यसमा असफल विशाल सम्झि सुधारी दिनु ल.......। म याहा तिम्रो पत्रको प्रतिक्क्षामा वसिरहेको छु,तिम्रो पत्र आउने बाटोमा गुलावी रंगहरुका निशान वनाएर बाटो हेरिरहने छु।
विदा हुन्छु ल......................।

उही..
रोदन

No comments: