Wednesday, July 7, 2010

कविता

यो माया लाउदा
सपना देखने बानी हुदोरहेछ
कल्पना गर्दागर्दै
कहिले ओठमा हाँसो
कहिले आँखामा आंसू आउदो रहेछ

ऐना हेरेर एक्लै आजकल मुस्कुराउछु
बिछयेउनामा कोल्टे फेर्दै रात बिताउछु
कुनामा रम्दै सम्झनामा हराउछु
तस्बीर मै मान्छे भेट्छु अनि रमाउछु
यो माया लाउदा
साचै नै बेचैनी बढ़दो रहेछ
होशमा नि अनौठो नशा चढ़दो रहेछ

भिडमा आफूलाई एक्लै पाउछु
एकान्तमा फेरी कता कता हराउछु
एक्लै जिस्कंछु एक्लै लजाउछु
आफूले आफूलाई यसरी नै सताउछु
यो माया लाउदा
ढुकढुकी नै बढ़दो रहेछ
आफ्नै मुटु पर पर सर्दो रहेछ

No comments: